२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेका थप चारको रिपोर्ट नेगेटिभ



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेबाट कोरोना भाईरसको ‘स्वाव’ परीक्षणका लागि काठमाण्डौ पठाइएको थप ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आईतवारसम्म बाँकेका ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
त्यसैगरी १ जनाको ‘थ्रोट स्वाव’ परिक्षणकै क्रममा रहेको श्रेष्ठले बताए । भारतसँग सिमा जोडिएको जिल्ला भएकाले बाँके कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । यद्यपी हासम्म बाँकेका कुनैपनि ब्यक्तिमा कोरोना संक्रमणको लक्षण नदेखिएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७६ चैत २३ गते आइतबार
ताजा समाचार