सदरलाइनडटकम,
नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा बुधवार राती भूकम्पको धक्का महशुस गरिएको छ । बैतडीसहित बझाङ र डोटीमा बुधबार राती १० बजेर २३ मिनेटमा ३ दशमलब ८ रेक्टरस्केल बराबरको भूकम्पीय धक्का धक्काको महशुस गरिएको हो ।
उक्त भूकम्पको केन्द्र बझाङको सुनकुुडा आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए ।
