खानेपानीको शुद्धता निगरानी गर्न जाँच मेसिन वितरण कार्यशाला

१४ असार २०७६, शनिबार १९:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा वर्षातको बेलामा पानी जन्य रोगको महामारी फैलन नदिनको लागि स्थानीय स्वास्थ्य संस्थालाई पोर्टेबल पानी जाँच मेसिन वितरण गर्नुको साथै ती संस्थाका ल्यावमा कार्यरत स्वास्थ्यकर्मीका लागि आयोजना गरिएको तीनदिने खानेपानी सुरक्षा निगरानी सम्बन्धी कार्यशाला नेपालगन्जमा सम्पन्न भएको छ ।
स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका धनप्रसाद पौडेलले वर्षातको बेलामा खानेपानीको मुहान दुषित भई पानीको माध्यामबाट फैलन सक्ने महामारीलाई नियन्त्रण गर्न सजिलो होस भनेर खानेपानीको मुहानसम्म बोकेर लैजान सकिने मेसिनको मद्दतले पानीको अवस्था जाँच गर्न सजिलो होस भनेर स्वास्थ्य कर्मीलाई मेसिन सञ्चालनको बारेमा अनुशिक्षण गरिएको जानकारी दिए ।
उनले यो मेसिन स्वास्थ्यकर्मी आफैले बोकेर प्रभावित क्षेत्रमा पुगी पानीको जाँच गर्न सक्ने र भरपर्दो नतिजा दिने मेसिन भएको जानकारी दिदै यस मेसिनले पानीमा क्लोरिनको अवशेष, पानीको पिएच टर्बिडिटी (धमिलोपना) र फिकल केलिफम जस्ता विभिन्न ४ वटा पारामिटर परिक्षण गर्न सकिने बताए ।
सो कार्यशालामा विश्व स्वास्थ्य संगठनका डा.ई.सुदन राज पन्थी, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द, स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ल्याव टेक्नोलोजि निरिक्षक भोला अधिकारी लगायतले सहजिकरण गरेका थिए ।

Next Post

जानकीमा मनाइयो राष्ट्रिय धान दिवस

१४ असार २०७६, शनिबार १९:४५
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले राष्ट्रिय धान दिवसका अवसरमा आइतवार वडा नं. ४ खजुराखुर्दमा धान रोपाई कार्यक्रम गरेको छ । रोपाई कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले कृषिलाई आधुनिकिकरण गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले धानखेती गर्न किसानलाई बिउ, मल र सिंचाईको समस्या रहेकोले त्यसको समाधानका लागि […]

सम्बन्धित