युनेस्कोद्धारा बालबालिका सम्बन्धि कार्यशाला

सदरलाइन संवाददाता २० जेष्ठ २०७८, बिहीबार १७:०२
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले विद्यालय बाहिर रहेका तथा विभिन्न कारणले विद्यालय छाडेका बालबालिकाको शिक्षाका लागि बर्दियाको बासगढी नगरपालिकामा भर्चुअल पैरवी कार्यशाला सम्पन्न गरेको छ ।

प्लान इन्टरनेसनल नेपालको सहयोगमा युनेस्को क्लबले बर्दियामा सञ्चालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको जनाईएको छ ।

विद्यालय बाहिर रहेका तथा विचमै विद्यालय छाडेका बालबालिकाको पहिचान गर्ने, उनिहरुलाई विद्यालयमा ल्याउन र टिकाई राख्ने कार्यक्रम बनाउने तथा सम्बन्धित पालिकालाई सो बारेमा निति बनाउन र बजेट विनियोजन गर्न प्रेरित गर्ने उदेश्यले कार्यशाला गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताए ।

उक्त भर्चुअल कार्यशालामा बोल्दै बासगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले नगरपालिका बजेट निर्माणको तयारीमा रहेको बेला यस्तो महत्वपुर्ण कार्यक्रम गरिएको जनाउँदै पालिकाले सबै बालबालिकालाई विद्यालयमा ल्याउने निति तथा कार्यक्रम बनाउने बताए ।

उनले सम्बन्धित सबैको सहयोगमा कोही पनि बालबालिका शिक्षाबाट बन्चित नहुन भन्ने उद्देश्यका साथ काम गर्ने प्रतिवद्धता जनाए ।


नगरपालिकाका शिक्षा शाखा प्रमुख क्षत्रबहादुर शाहीले कार्यक्रम अतिनै आवश्यक र सान्दर्भिक भएको जनाउँदै विद्यालय बाहिरका बालबालिकाको शिक्षाका लागि कार्यक्रम तथा योजना बनाइने बताए ।

बासगढीका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख यशोदा थापाले बाल अधिकार संरक्षणका लागि पालिकाले सबैसंग समन्वय र सहकार्य गरेर काम गर्ने बताए ।

सो कार्यशालामा प्लान इन्टरनेसनल नेपालका कार्यक्रम व्यवस्थापक अम्बिका प्रसाद तिमिल्सिना, कार्यक्रम संयोजक झलक विक, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर र बासगढी नगरपालिकामा रहेका १४ वटै माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको सहजीकरण मध्यपश्चिम विश्व विद्यालयका उपप्रध्यापक रविन मल्लले गरेका थिए भने बालविवाह न्युनिकरण परियोजना र सो अन्तर्गत गरिने कार्यहरुका बारेमा क्लबका कार्यक्रम संयोजक बसन्त विसीले जानकारी गराए ।

क्लबले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरेर उनिहरुको अवस्था विश्लेषण गर्दै पालिकासंग समन्वय गरेर उनिहरुलाई विद्यालयमा ल्याउन र टिकाई राख्न पहल गर्ने तथा बैकल्पिक शिक्षामार्फत कक्षा सञ्चालन गर्ने लगायतका कार्यहरु गर्ने क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुस्लिम समाज बाँकेद्धारा मास्क वितरण

२० जेष्ठ २०७८, बिहीबार १७:०२
नेपालगञ्ज : कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर महामारीका रुपमा फैलिरहेका बेला बाँकेमा पनि यसको त्रास देखिएकोले नेपाालगञ्जको बाटोमा आवत जावत गर्ने व्यक्तिहरुलाई माक्स बितरण गर्न शुरु गरिएको समाजका सचिव मेराज अहमद हल्वाई हिमालयले जानकारी दिए । एतिहासिक शहर नेपालगञ्जको एतिहासिक धम्बोझी चोकमा एक कार्यक्रमको आयोजना गरिे ३ हजार माक्स बितरण […]