कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

सदरलाइन संवाददाता ५ जेष्ठ २०७९, बिहीबार १७:५५
 

नेपालगञ्ज : कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका–१ बस्ने २५ वर्षीय जिवन चौधरी, गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय धर्म चन्दर तथा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र भजनी नगरपालिका–३ बस्ने २८ वर्षीय सुकमेन्द्र सिंह रहेका छन् ।


पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढी बसपार्कमा एकजना मृत फेला

५ जेष्ठ २०७९, बिहीबार १७:५५
नेपालगञ्ज : कैलालीस्थित धनगढी बसपार्कमा एकजना मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका ४ स्थित कर्णाली बसपार्कको कम्पाउण्डभित्र अन्दाजी ६० वर्षीय पुरुष मृत फेला परेका हुन् । भारत घर भएका उनको नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बुधबार मृत अवस्थामा फेला परेका उनको हालसम्म सनाखत […]