पूर्णखोप गाउँपालिकाको कार्ययोजना निर्माण

५ फाल्गुन २०७५, आईतवार १८:४५
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : डुडुवा गाउँपालिकालाई पूर्णखोप गाउँपालिका सुनिश्चितता र दिगोपनाका लागि रणनीतिक कार्ययोजना निमार्ण गरिएको छ । गाउँपालिकाद्धारा आईतवार आयोजित सरोकारवालासंगको अन्तरक्रियामा कार्ययोजना निर्माण गरिएको हो ।
कार्ययोजनाअनुसार खोपबाट बञ्चित बालबालिकाको तथ्यांक संकलन, बाहिरबाट आएका बालबालिकाको विवरण लिने, लक्ष्यअनुसारको प्रगतिमा देखिएका समस्या पत्ता लगाई सोहीअनुसार कार्य गर्ने र दिगोपनाका लागि सम्पूर्ण कर्मचारी जिम्मेवारीपूर्वक काम गर्नेलगायत रहेका छन् । कार्यक्रममा पूर्ण खोप गाउँपालिका घोषणापछि हालसम्मको प्रगतिबारे समिक्षा गरि लक्ष्यअनुसारको उपलब्धी प्राप्त गर्न सम्वन्धित स्वास्थ्य चौकी इञ्चार्जहरुले प्रतिबद्धता जाहेर गरेका छन् ।
कार्यक्रममा गाउँपालिकामा खोपको प्रगतिको अवस्था, समस्या तथा चुनौतीबारे गाउँपालिका स्वास्थ्य संयोजक धनबहादुर बुढाले प्रस्तुतीकरण गरेका थिए । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य सेवाको प्रभावकारिताका लागि अभियाननै सञ्चालन गरेकाले स्वास्थ्य सेवाबाट कोई पनि बञ्चित हुन नदिन रणनीति बनाएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले गाउँपालिकाका हरेक नागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडाध्यक्षहरु प्रशुराम बुढाथोकी, पटेश्वर कुर्मी, कार्यपालिका सदस्य लिलावती यादव, ढोडे पासी, वडासदस्य आमोद तिवारी, स्वास्थ्य सहसंयोजक विरेन्द्र घले, वडासचिव मानबहादुर बोगटी, स्वास्थ्य चौकी इञ्चार्ज, तथा अन्य कर्मचारीलगायतको सहभागिता थियो ।

Next Post

खजुराको रनिङ शिल्डमा विभिन्न खेल जारी

५ फाल्गुन २०७५, आईतवार १८:४५
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिताका विभिन्न खेल भइरहेका छन् । वर्षाका कारण एक दिन रोकिएको प्रतियोगिता आईतवारदेखि शुरु भई विभिन्न विद्यालयवीच प्रतिस्पर्धा गराइएको छ । भलिबल, एथलेटिक्स, चेस, कपर्दीलगायतका खेलहरु संचालन भइरहेका छन् । केही खेल भने सम्पन्न भएको सचिवालय […]

सम्बन्धित