नेपालगञ्जका कर्मचारीद्वारा आठ लाख सहयोग

५ बैशाख २०७७, शुक्रबार १६:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीहरुले सहयोग गरेका छन् । कोरोना सङ्क्रमण विरुद्ध स्थापित प्रकोप व्यवस्थापन कोषमा कर्मचारीहरुले ३ देखि ७ दिनसम्मको पारिश्रमिक सहयोग गरेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका बरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालका अनुसार उपमहानगरपालिकामा कार्यरत सहसचिव र उपसचिव तहका कर्मचारीले ७ दिन, अधिकृत तहका कर्मचारीले ५ दिन र अधिकृत भन्दा मुनिका कर्मचारीले ३ दिनको पारिश्रमिक सहयोग गरेका हुन् । उपमहानगरले स्थापना गरेको कोषमा कर्मचारीले पारिश्रमिकबाट सात लाख ७० हजार रुपैयाँ जम्मा गरेका छन् ।
यस्तै डिके फुड एण्ड मिट प्रोडक्टसले नगरको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेको छ । डिके फुड एण्ड मिट प्रोडक्टसका संस्थापक दिलिप कुमार सोनकर शुक्रवार उपमहानगरपालिका पुगेर मेयर डा. धवल समशेर राणालाई ५१ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
सो क्रममा मेयर राणाले कोषमा सहयोगका लागि आभार व्यक्त गरे । डिके फुड एण्ड मिट प्रोडक्टसका सञ्चालक सोनकरले लकडाउनको अप्ठ्यारो अवस्थामा १ लाख ७५ हजार घरभाडा मिनाहा गरेको जानकारी दिए । विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै कोषमा सहयोग गर्नुका साथै घरभाडा मिनाहको निर्णय गरेको सोनकरले बताए ।

Next Post

मुख्यमन्त्री पोख्रेलद्वारा दाङ्गमा कोरोनाबिरुद्धको अभियानबारे भिडियो संवाद

५ बैशाख २०७७, शुक्रबार १६:२०
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क  :  कोबिड–१९ कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे मुख्यमन्त्री शंकर पोखरेलले दाङका राजनैतिक दल, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र नागरिक समाजका अगुवासंग एकीकृत भिडियो संवाद गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा मुख्यमन्त्री पोखरेलले गरेको यो सातौैं […]