कास्की सेवा समाजको अध्यक्षमा पुनः सुवेदी

१५ भाद्र २०७४, बिहीबार २१:११
 

सदरलाइनडटकम     
१५ भदौ, नेपालगन्ज : कास्की पोखराबाट बसाई सराई वा विभिन्न पेशा व्यवसायमा संलग्नता जनाई बाँकेमा बस्दै आएका कास्केलीहरुको संगठन कास्की सेवा समाजको पहिलो साधरण सभा तथा अधिबेशन नेपालगन्जमा सम्पन्न भएको छ ।
सो साधारण सभा तथा अधिवेशनले संस्थापक अध्यक्ष डम्बरराज सुवेदीको अध्यक्षतामा १३ सास्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सालिकराम लम्साल, सचिव बाबुराम कंडेल, सहसचिव रुक्मिणा भारती, कोषध्यक्ष संगिता सुवेदी निर्वाचित भएका छन् ।
यसैगरी नयाँ कार्यसमितिको सदस्यहरुमा भिमबहादुर रानाभाट, बुद्धि विक, लाल प्रसाद पौडेल, सरस्वती बास्तोला, भिम पौडेल, बिनोद पौडेल, र तुलसी पौडेल चयन भएका छन् १ जना सदस्य पछि कार्यसमितिको बैठकमा मनोनित गर्ने निर्णय भएको सचिव बाबुराम कंडेलले जानकारी दिए ।
२०७३ /२०७४ मा बाँके जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सो कास्की सेवा समाजमा १ सय ५६ साधारण सदस्य, ६५ आजिवन सदस्य र १६ संस्थापक सदस्य रहेका छन् ।
यसअघि सम्पन्न भएको उद्दघाटन शत्रमा गुल्मेली सेवा समाजका अध्यक्ष भास्कर काफ्ले, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष कपिल अधिकारी, महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जका सह प्रध्यापक गिरराज पौडेलल, भेरी अञ्चल अस्पतालका मुटुरोग विषेशज्ञ डा. कृष्णप्रसाद अधिकारी लगायतले सम्बोधन गरेका थिए ।
सो अवसरमा हालै कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा विजयी हासिल गर्ने समाजका ५ जना सदस्यहरुलाई सम्मान गर्नुको साथै आजिवन सदस्य तथा संस्थापक सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेश्माको ‘फुलसरी चुम्न आउ है भमरा...’ सार्वजनिक

१५ भाद्र २०७४, बिहीबार २१:११
सदरलाइनडटकम   १५ भदौ, नेपालगन्ज : नबोदित गायिका रेश्मा केसीले आफ्ना श्रोता÷दर्शकमाझ नया“ गीत सार्वजनिक गरेकी छन् । नया“लाईलाई लोभ्याउन उनले ‘जवानी मेरो फुलसरी चुम्न आउ है भमरा…’ बोलको गीत युवट्युवमार्फत सार्वजनिक गरेकी हुन । उनको गीत युवट्युवमा चर्चित बनेको छ । दैनिक जसो हेर्नेको संख्या बढ्दैछ । युवट्युव सबैको पहु“चमा […]

सम्बन्धित