मुख्यमन्त्री पोख्रेलद्वारा दाङ्गमा कोरोनाबिरुद्धको अभियानबारे भिडियो संवाद

५ बैशाख २०७७, शुक्रबार २१:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क  :  कोबिड–१९ कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे मुख्यमन्त्री शंकर पोखरेलले दाङका राजनैतिक दल, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र नागरिक समाजका अगुवासंग एकीकृत भिडियो संवाद गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा मुख्यमन्त्री पोखरेलले गरेको यो सातौैं भिडियो संवाद हो ।

शुक्रबारको सर्वपक्षीय भिडियो संवादमा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, दाङ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, नेकपा दाङ इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टिकाराम खडका, नागरिक समाजका संयोजक चन्द्रराज पन्त सहभागी रहेका थिए भने कांग्रेस जिल्ला सभापति कीर्तिबहादुर खडका इन्टरनेट समस्याले भिडियो संवादमा सहभागी हुन नसकेको मुख्यमन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

भिडियो संवादमा सहभागीहरुबाट दाङमा कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएका कामबारे जानकारी लिएपछि मुख्यमन्त्री पोखरेलले कोरोना नियन्त्रणमा सबै मिलेर अघि बढ्नुपर्ने र सबै मिलेर मात्रै कोरोनालाई पराजित गर्न सकिने बताएका थिए । उनले आफ्नो सन्देशमा स्वास्थ्य सामग्री उपलब्ध भएकोले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचारमा लाग्न सघाउ गर्न आग्रह गर्दै स्थानीय श्रमलाई प्रयोग गरेर गर्ने काम र क्वारेन्टाइनमा राखेर गर्न सकिने विकास निर्माणका काम नरोक्न र अघि बढाउन निर्देशन दिएका छन् ।


उनले स्थानीय तहलाई कोरोना विरुद्धको काम अघि बढाउन पैसा पठाएकोले स्थानीय तहका काम प्रभावकारी बनाउने गरी सहयोग गर्न आग्रह समेत गरेका छन् ।
दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न र राहत एकद्वार प्रणालीबाट अघि बढाउन मुख्यमन्त्रीले आग्रह गर्दै दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न समुदायलाई खाद्यान्न लगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएकोले आवश्यक व्यवस्थापनका लागि मिलेर अघि बढ्न, पीडितले पाउने र राहतको दुरुपयोग रोक्न शुरुदेखि निगरानी गर्नतर्फ पनि ध्यान दिन आवश्यक रहेको औल्याए ।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएको उनले जानकारी गराउदै भैरहवामा प्रयोगशाला परिक्षण शुरु गरिएको, नेपालगञ्ज र दाङमा प्रयोगशाला सञ्चालनको तयारीमा रहेको जानकारी दिए ।

कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै उनले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गरेका छन ।

Next Post

नेपालगञ्जमा थप बाउन्न भारतीय क्वारेन्टाइनमा

५ बैशाख २०७७, शुक्रबार २१:२७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा थप नयाँ व्यक्तिहरुलाई क्वारेन्टाइन गरिएको छ । खाना र उपचारको समस्या भएपछि देशका विभिन्न ठाउँबाट हिँडेकाहरुलाई नेपालगञ्जमा क्वारेन्टाइन गरिएको हो । विश्वभरीमा कोरोना भाइरसको प्रकोप फैलिरहेको अवस्थामा नेपालका विभिन्न उद्योगमा काम गरिरहेका मजदुरहरु आ–आफ्नो घर फर्किन आतिएका छन् । उद्योगको कोठामा बस्दा समान्य दैनिकी चलाउन गाह्रो […]