कमला मेडिसिनमा शिलबन्दी

३ बैशाख २०७७, बुधबार १४:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित कमला मिडिसिन ड्रग हाउसमा प्रहरीले छापा मारेर शील गरेको छ । सरकारले निःशुल्करुपमा उपलब्ध गराएको स्यानिटाइजर बिक्रि बितरण गरिरहेको सुचनाका आधारमा बाँके प्रहरीले मंगलवार बेलुका ड्रग हाउसमा छापा मारेर शील गरेको हो ।
ड्रग हाउसले नेपाल सरकार, स्वास्थ्य तथा जनसख्या मन्त्रालयले निःशुल्करुपमा उपलब्ध गराएको एसआर केयर हयाण्ड स्यानिटाइजर ५०० एमएलको प्रति शिशि ६ सयमा बिक्री बितरण गरेको भेटिएपछि पसलमा सिलबन्दी गरिएको प्रहरीले जनाएको छ ।
सुर्खेत रोडमा रहेको होटेल कृष्णा सिग्नेट होटेलका मालिकसमेत रहेका दीपेन्द्र अग्रवालले सञ्चालन गरेको ड्रग कम्पनीले लामो समयसम्म नेपालका बिभिन्न जिल्लामा औषधी सप्लाई गर्दै आईरहेको थियो ।
एसआर नामक ड्रग कम्पनीले सरकारलाई शिशि बाहिर मुल्य नै नराखेर नटफर सेलसमेत लेखेको र निःशुल्करुपमा दिएको एसआर केयर नामक स्यानीटाईजर कमला मिडिसिनमार्फत अबैधरुपमा बित्रीm बितरण भएको पाईएको हो ।

Next Post

प्रदेश पाँचद्वारा नेपालगञ्जलाई २५ लाख दिने निर्णय

३ बैशाख २०७७, बुधबार १४:०३
सदरलाइनडटकम, बुटवल : प्रदेश सरकारले नेपालगञ्ज उपमहानगरपालिकामा कोरोना भाइरस विरुद्धको कोषका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश ५ को मन्त्री परिषद्को बुधवार बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरे अनुरुप नेपालगञ्जलाई सबैभन्दा बढी अनुदान दिने निर्णय गरेको हो । १०९ स्थानीय तह […]

सम्बन्धित