दैलेखमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

१७ जेष्ठ २०७७, शनिबार १९:४३
 

सदरलाइनडटकम,
दैलेख : दैलेखमा क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार बिहान ज्यान गुमाएका ती ४० वर्षीय पुरुषमा जुम्लामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो ।
मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर दुल्लुस्थित क्वारेन्टाइनमा बस्दै आएका दुल्लु नगरपालिका ११ का ४० वर्षीय पुरुष थिए । भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
दैलेखमा थप १४ जनामा कोरोना संक्रमण मुत्यु भएका यूवाको कोरोना परीक्षणका लागि ३ दिन अगाडि स्वाब संकलन गरि परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो ।
त्यहीँ गरिएको परीक्षणबाट ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको दुल्लु अस्पताल दैलेखकी प्रमुख डा.पूजा बिसीले बताइन् । गम्भीर बिरामी परेका उनलाई अस्पताल लगिएको थिएन । सिकिस्त भएपछि जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा आएर चेकजाँच गरेका थिए ।
तर बिरामीलाई अस्पताल लगेर उपचार नगरिँदा ज्यान गुमाउन पुगेका छन् । क्वारेन्टाइनमा बेहोस भएपछि त्यहीँ उनको उपचार गरिएको थियो । डा. बिसीका अनुसार उनको क्वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान मुत्यु भएको थियो । (थाहाखबरबाट)

Next Post

बाँकेका ९४ क्वारेन्टाईनमा करिव ३३ सय बस्दै

१७ जेष्ठ २०७७, शनिबार १९:४३
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरीएको लकडाउनको बीचमा भारतबाट आएकालाई विभिन्न स्थानीय तहमा निर्माण गरिएको ९४ वटा क्वारेन्टाईनमा व्यवस्थित गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार ८ वटा स्थानीय तह र एक नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइन […]