सदरलाइनडटकम,
बुटवल : प्रदेश सरकारले नेपालगञ्ज उपमहानगरपालिकामा कोरोना भाइरस विरुद्धको कोषका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश ५ को मन्त्री परिषद्को बुधवार बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरे अनुरुप नेपालगञ्जलाई सबैभन्दा बढी अनुदान दिने निर्णय गरेको हो ।
१०९ स्थानीय तह रहेको प्रदेश ५ मा १३ करोड स्थानीय तहलाई र जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैयाँ बजेट व्यवस्था गरेको हो । यसअघि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशस्थित सबै जिल्ला, स्थानीय तहका प्रमुखसँग विभिन्न चरणमा भिडियो कन्फ्रेन्स गरेका थिए ।
मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार शेर बहादुर केसीका अनुसार, बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैयाँका दरले दिने निर्णय गरिएको छ ।
