बाँकेकाे जानकीमा गणककाे कारण मतगणना राेकियाे

सदरलाइन संवाददाता २ जेष्ठ २०७९, सोमबार २०:४६
 

जानकी : बाँकेकाे जानकी गाउँपालिकामा मतगणना राेकीएकाे छ । मतगणनामा खटिएका कर्मचारीले मत परिणाम लुकाएको भन्दै मत गणना राेकेर पुन गणनाकाे माग गरिएको छ  ।

एमाले उपाध्यक्ष डिल्ली बिसिले मतगणनामा खटिएका गणकले मतपरिणाममा फरक पर्ने गरि गनेकाे र रहेका पार्टी प्रतिनिधिलाई पनि बेवास्ता गरेकाे, उनीहरुलाई उल्टाे हप्काउने गरेकाेले मतगणना राेकेर पुन सुरुबाट गर्नुपर्ने भन्दै राेकिएकाे बताए । उनले पुन गणनाकाे लागि निबेदन दर्ता गराएकाे बताए ।


जानकी गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव शर्माले मतगणना गर्ने क्रममा केही बिबाद भयकाेले राेकियकाे बताय ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीको अध्यक्ष उपाध्यक्षमा काँग्रेसका पौडेल र थारु विजयी

२ जेष्ठ २०७९, सोमबार २०:४६
राप्तीसोनारी ( बाँके )  : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल निर्वाचित भएका छन । नेकपा माओवादी केन्द्रका पट्टु थारुलाई ८ सय २० मतको अन्तरले पछडि पार्दै उनी निर्वाचित भएका हुन् । पौडेलसँगै उपाध्यक्षमा पनि कांग्रेसकै मनिषा सिंह थारु निर्वाचित भइन । कुल खसेको मत ३२९६६ मा पौडेलले […]

सम्बन्धित