नेपालगञ्जका एम्बुलेन्स चालकलाई पूर्वमन्त्री राईले दिए पीपीई !

२० चैत्र २०७६, बिहीबार २१:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके निर्बाचन क्षेत्र नं. २ का संघिय सांसद तथा पुर्बमन्त्री मोहम्मद इस्तियाक राईले कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमणबाट जोगिनको लागि नेपालगञ्जका एम्बुलेन्स चालकहरुलाई ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) बितरण उपलब्ध गराएका छन् ।

पूर्वमन्त्री राईले बिहिबार नेपालगञ्जमा रहेका ४७ जना एम्बुलेन्स चालकलाई पीपीई बितरण गर्दै चालकहरुलाई (पिपिई)संगै ग्लोबस, माक्स, लांङ बुट, सेनिटाइजर, टोपी बितरण गरेका हुन ।

उनले स्वास्थ्यकर्मी, चिकित्सक जस्तै फ्रन्टलाइनमै रहेर काम गर्नुपर्ने भएको हुँदा एम्बुलेन्स चालकहरु पनि कोरोनाको उच्च जोखिममा रहेको भन्दै उनीहरुलाई सुरक्षा उपकरण उपलब्ध गराएको जानकारी दिए ।

उनले कोरोना भाइरसको नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुलाई राज्य तथा संघसंस्थाको तर्फबाट कुनै सुरक्षाका उपकरण उपलब्ध नभएकाले संघीय सांस्दको हैसियतले सानो सहयोग गरेको स्पष्ट पारे ।

यो उपकरणले चालकहरुलाई कोरोना भाइरसको जोखिमबाट बच्न सहयोग पुग्ने आशा लिएको धारणा राख्दै व्यक्तिगत सुरक्षा उपकरण प्राप्त गरेपछि चालकहरु खुसी भएका छन् ।


सुरक्षा सामाग्रीका लागि जिल्ला प्रशासन, नेपालगञ्ज उपमहानगरपालिका लगायतका निकायमा धाउँदा वेवास्ता गरिएको अवस्थमा पाइएको सामानले बिरामीहरुको उद्धारका कार्य सक्रिय हुन हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।

पुर्बमन्त्री राईले आफुहरुलाई उपलब्ध गराएको उपकरणले ज्यान जोगाउन सहज हुने धारणा राखे । मन्त्री राईले बाँकेमा कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी भुमिका खेल्दै आएका छन् ।

त्यस्तै सोही अवसरमा कोरोनाका गम्भीर प्रकारका बिरामीलाई चेकजाँच गर्न सहज होस भनेर बाँकेका बिभिन्न अस्पतालहरुलाई सिसा बक्स Aeroso १० वटा प्रदान गरिएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पताललाई ३, नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जलाई ३, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई २ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई २ वटा प्रदान गरिएको हो ।

Next Post

केविड–१९ राहत कोष बाँकेद्वारा राहत बितरण सुरु

२० चैत्र २०७६, बिहीबार २१:५९
सदरलाइनडटकम, नेपालगञ्ज  :  विस्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोबिड–१९) को संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनबाट प्रभावित भएका र दैनिक ज्यालादारी गरि गुजारा गर्नेलाई लक्षित गरी स्वस्फूर्त रुपमा निर्माण गरिएको केविड–१९ राहत कोष,बाँकेले आफ्नो उद्देश्य अनुसार राहात सामाग्री उपलब्ध गराउन सुरु गरेको छ । लकडाउनबाट प्रभावित भएका र दैनिक ज्यालादारी […]