सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा आइतवारदेखि कोरोना भाइरसको परीक्षण शुरु भएको छ । लगातारको प्रयासपछि अस्पतालमा जडान भएको मेशिनबाट शनिवार प्रयोगशाला विज्ञ सुलभ आचार्यको उपस्थितीमा दुई जनाको परीक्षण गरिएको थियो ।
भेरी अस्पतालमा ल्याब सञ्चालन भएपछि बाँके र बर्दियाका कोरोना आशंकित व्यक्तिको परीक्षण हुने भएको छ । प्रत्येक दिन दुई सिफ्ट सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए ।
दुबै सिफ्टमा सय जनाको स्याम्पल जाँच गर्न सकिने उनको भनाई छ । यसअघि बाँकेका अस्पतालको आइसोलेशनमा राखिएका विरामीको स्याम्पल काठमाण्डौ र रुपन्देही पठाउने गरिएको थियो ।


