सदरलाइनडटकम,
नेपालगञ्ज : भारतको बहराईच नानपारास्थित गुरगुट्टा क्वारेन्टाइनमा रहेका १८ नेपालीलाई जिल्ला प्रशासनको निगरानीमा सुरक्षितका साथ राखिएको छ ।
क्वारेन्टाइनमा १ सय ३ पुरुष, ६५ महिला र १८ नेपाली गरी १ सय ८६ जनालाई प्रशासनको निगरानीमा सुरक्षित राखिएको हो । उनीहरुको उचित खानपानका साथै स्वास्थ्य परीक्षण भईरहेको बहराइचका जिल्ला अधिकारी शम्भु कुमारले जानकारी दिए ।
केही दिनअघि मात्र सीमा नाकाको अवलोकलन गरेका जिल्ला अधिकारी कुमारले समय–समयमा स्वास्थ्य परीक्षणका साथै सवैलाई समान व्यवहार गरिएको बताएको रुपईडिहाबाट पत्रकार सन्तोष शुक्लाले जानकारी दिए ।


