सदरलाइनडटकम,
काठमाण्डौ : सरकारले हाल जारी लकडाउनलाई बैशाख १५ गतेसम्म थप्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म लम्ब्याउने निर्णय गरेको हो ।
यसैगरी बैठकले बैशाख १८ गतेसम्मका लागि सीमानाका बन्द राख्ने निर्णय गरेको छ । सरकारले यसअघिनै बैशाख १८ सम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिसकेको छ । नेपालमा मन्त्रिपरिषद् बस्नुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ बैशाख २१ अर्थात् मे ३ तारिखसम्म लकडाउन लम्ब्याइसकेका छन् ।
मुलुकभित्र कोरोना संक्रमतको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एकसाता लम्ब्याइएको एक मन्त्रीले जानकारी दिए । विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।


