सदरलाइनडटकम,
नेपालगञ्ज : विभिन्न कसुरमा पक्राउ परेका २१ जना थुनामुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको थुनुवा कक्षमा रहेकामध्ये २१ जना थुना मुक्त भएका हुन् ।
थुनुवाको सँख्या आवश्यक भन्दा बढि भएपछि थुनुवा कोठामा भीडभाड कम गर्न सामान्य मुद्दा चलेका २१ जनालाई छोडिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।
भिडभाडमा बस्दा कोरोना भाइरसको जोखिम बढ्ने भएकोले सामान्य मुद्दा चलेकालाई पुनः हाजिर हुनेगरी जमानीमा छाडिएको उनले बताए । प्रहरीको हिरासतमा अझै जघन्य अपराधका २८ जना थुनुवा छन् ।


