सदरलाइनडटकम,
बुटवल : विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी फैलिरहँदा प्रदेश ५ का लागि सुखद खबर सार्वजनिक भएको छ । कोरोना भाइरसको आशंकामा स्वाब परीक्षण गरिएका प्रदेश ५ का सम्पूर्ण रिपोर्ट नेगेटिभए आएका हुन् ।
सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश ५ मा परिक्षण गरिएकामध्ये ७५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । चौध जनाको रिर्पोट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा कोरोना आशंका गरिएका १ सय ३० जनामध्ये १८ जनाको उपचार आइसोलेसनमा भइरहेको छ । प्रदेशभित्र रहेका ३ सय ७ वटा क्वरेण्टीनमा २ हजार ३ सय ८० जनालाई राखिएको छ ।


