सदरलाइनडटकम,
डुडुवा (बाँके) : लकडाउनको मौका छोपी अवैध उत्खनन गर्दै गरेका जेसीबी र टिपरसहित चालकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कम्दीबाट गएको टोलीले सोमवार राती २ बजे डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित राप्ती बगरबाट नियन्त्रणमा लिएको हो ।
पानी परेको समयमा राप्तीमा बालुवा उत्खनन गर्न लागेका टिपर र जेसीबी नियन्त्रणमा लिइएको प्रहरी नायब निरीक्षक सुरेन्द्र कुमार पन्तले जानकारी दिए । एउटा टिपर भने फरार भएको उनले बताए ।


