२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

अन्तत : एसईई स्थगित



सदरलाइनडटकम,

फायल तस्बिर ।

काठमाण्डौ  : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।

कोरोना भाईरसको संक्रमण बढ्नसक्ने भन्दै उच्च सर्तकता अपनाउनको लागि सरकारको सो निर्णय आएको हो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

सरकारले विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

एसईई परीक्षा रोक्ने निर्णय लगत्तै विश्व्विद्यालयले लिने भनिएका सबै परीक्षा स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । स्थगित भएको एसईर्ई परीक्षा भने परिस्थिति अनुकुल भए बैशाखमा गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २०७६ चैत ५ गते बुधबार
ताजा समाचार