बाँके च्याम्बर र केएल दुगडको सहकार्यमा सुपथमुल्य पसल सुरु

१७ चैत्र २०७६, सोमबार ०७:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  लकडाउनको समयमा उपभोक्तालाई सहज र सुपथ मुल्यमा अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउनका लागि नेपालगञ्जमा सुपथ मुल्य पसल संञ्चालनमा ल्याइएको छ ।

चेम्बर अफ कमर्स बाँकेले नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ को समन्वयमा केएल दुग्गड ग्रपद्वारा उत्पादित खाद्य सामग्रीको सुपथ मुल्य पसल वेस्टर्न कमप्लेक्स सुर्खेतरोड धम्बोझीमा संञ्चालनमा ल्याएको वडा नम्बर १२ का अध्यक्ष बुद्धि सागर सुवेदीले जानकारी दिए ।

पसल बिहान १० देखि १२ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म संचालन हुनेछ ।


सामग्री लिन आउँदा उपभोक्ताले भिडभाड नगर्ने, आवश्यकता भन्दा बढि सामान खरिद नगर्ने, सामान खरिद गर्न आउदा एउटा घरको एक जना मात्र आउने, मास्क र पन्जाको प्रयोग गर्ने, सामग्री लगेर घर पुगिसकेपछी साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने जस्ता विधि अपनाउने पर्ने वडा अध्यक्ष सुबेदीले जानकारी दिए ।

यता नेपालगञ्ज उद्योग बाणिज्य संघले किराना व्यावसायी संघसंगको सहकार्या घुम्ति सेवा सुरु गरेको छ । हरेक दिन एक वडामा पुग्ने गरी सुरु गरिएको घुम्ती सेवामा खाद्यान्न तथा अत्यावश्यक सामानहरु रहेका हुने अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले जानकारी दिए ।

Next Post

कोरोना भाइरसबाट एकदिनमा २,६७३ जनाको मृत्यु (सूचीसहित)

१७ चैत्र २०७६, सोमबार ०७:०७
सदरलाइनडटकम, काठमाडौं  :  कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ६ सय ७३ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै इटलीमा ७ सय ५६ जनाले ज्यान गुमाए । स्पेनमा ६ सय २४ जनाले, फ्रान्समा २ सय ९२, बेलायतमा २ सय ९, अमेरिकामा १ सय ४३ र नेदरल्याण्ड्समा १ सय […]