महिला स्वास्थ्य स्वयंमसेवीका र आमा समूहबीच अन्तरक्रिया

२३ पुष २०७५, सोमबार १७:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : महिला स्वास्थ्य स्वयंमसेवीका तथा आमा समूहले स्वास्थ्यको क्षेत्रमा खेल्न सक्ने भूमिकाको बारेमा आवद्ध महिला सदस्यलाई लक्षित गर्दैै अन्तरक्रिया गरिएको छ ।
नेपालगञ्ज उप–महानगर वडान १० वडा समितिको कार्यालयको आयोजना तथा शहरी स्वास्थ्य क्लिनिकको सहजिकरणमा हालै गाभर जोनमा परिचय, अन्तरक्रिया गरिएको थियो ।
जनप्रतिनिधि, कर्मचारीसहित आफ्नो वडा भित्रका स्वास्थ्य स्वयंसेवीका, आमा समूहमा क्रियाशिल सदस्यमाझ समूहको महत्व र स्वयंसेवीकाको भूमिका तथा आपसी सहकार्यबारे अन्तरक्रिया गरिएको हो ।
वडामा रहेका ६ जना स्वयंसेवीका र ६ वटा आमा समूहका महिलालाई स्वस्थ्य सेवा प्रवाहमा आपसी सहकार्य बारे जानकारी गराइएको वडान १० का वडा अध्यक्ष विन्दु भुषण बस्नेतले जानकारी दिए ।
उनले स्वास्थ्य स्वयंसेवीकाको काम र भूमिकालाई आमा समूहले थप प्रभावकारी बनाउन अहम भूमिका खेल्न सक्ने भन्दै आपसी समन्वय र सहकार्यमा जोड दिए ।
उप–महानगर स्वास्थ्य शाखाका सिनीयर अहेव हरिहर तिवारीले स्वास्थ्यका राष्ट्रिय कार्यक्रम, अभियान र पोषण सचेतनामा आमा समूहको पनि प्रभावकारी परिचालन हुनुपर्ने आवश्वक्ता औल्याए । वडा सदस्य वसन्ता जोशी, शहरी स्वास्थ्य क्लिनिकका धर्मेन्द्र सिंह, स्वास्थ्यकर्मी सरिता चन्द, स्वास्थ्य स्वंयमसेवीका ज्योती श्रेष्ठ लगायतले आआफनो सुझाव र अनुभव राखेका थिए ।

Next Post

रेडपाण्डाको छालासहित जाजरकोटमा दुई पक्राउ

२३ पुष २०७५, सोमबार १७:०७
सदरलाइनडटकम, जाजरकोट : विश्वकै दुर्लव वन्य जन्तु रेडपाण्डाको छाला सहित जाजरकोटमा दुई युवा पक्राउ पेरका छन् । लुकाई छिपाई गरी विक्रि गर्न लैजादै गर्दा जनपद प्रहरी र शस्त्र प्रहरीको सयुक्त टिमले आईतवार दुई जनालाई खलंंगाको एक होटेलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नलगाड नगरपालिका वडा नम्वर ५ कालीमाटीका २५ […]