बाँकेमा २३ जना कोरोना मुक्तभई डिस्चार्ज हुँदा २ जना नयाँ थपिए

१३ असार २०७७, शनिबार १३:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट मुक्त भई बाँकेका विभिन्न ३ वटा आईसोलेशनबाट २३ जना डिस्र्चाज भएका छन् । भने २ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्बन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार नेपालगञ्जको आदर्शनगर आईशोलेशन सेन्टरबाट राप्तीसोनारी गाउपालिकाका ११ जना, कृषि तालिम केन्द्र खजुराको आईसोलेशन सेन्टरबाट खजुराका ३ र सुशील कोईराला प्रखर क्यान्सर कोरोना अस्पतालबाट नेपालगञ्जको १, राप्तीसोनरीका २, बर्दियाका ५ गरी ८ जना कोरोना मुक्त भएर डिस्चार्ज हुने भएका हुन ।

उनले बाँकेका विभिन्न आईशोलेशनमा शनिबारसम्म ४६ जना कोरोना संक्रमित रहेको जानकारी दिए । बाँकेमा हालसम्म ३५० जना संक्रमित रहेकोमा ३०२ जना संक्रमण मुक्त भएको र कोरोना संक्रमणको कारण २ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच भेरी अस्पतालको मोडिकुलर ल्याबमा गरिएको कोरोना परिक्षणको शनिबार दिउसो १ बजे सार्वजनिक भएको नतिजा अनुसार बाँकेमा २ जना संक्रमित थपिएका छन ।
अस्पतालले जारी गरेको सूचनामा राप्तीसोनारी ८ का २५ वर्षिय पुरुष र कोहलपुर–८ का ३५ वर्षिय पुरुष रहेका छन । सो रिर्पोटको अनुसार बर्दियाको मधुवनका २ जना, ठाकुरबाबा र गेरुवाका १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

Next Post

सुत्केरी महिला कोरोनामुक्त भई डिस्चार्ज

१३ असार २०७७, शनिबार १३:२५
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना संक्रमित सुत्केरी महिला निको भई शनिवार डिस्चार्ज भएकी छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कपिलवस्तु कृष्णनगर निवासी २७ वर्षीया सुत्केरी महिला कोरोनामुक्त भई आफ्नो बच्चासहित शनिवार डिस्चार्ज भएकी हुन् । आमा र बच्चा दुबैको दोश्रो पटक कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई डिस्चार्ज गरिएको […]

सम्बन्धित