सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा यसवर्ष हात्तीपाईले रोगविरुद्धको आम औषधी सेवन गर्नेहरु बढेर ५२ प्रतिशत पुगेको छ । गतवर्षमा ३९ प्रतिशतले औषधी सेवन गरेकोमा यसवर्ष औषधी सेवन गर्नेहरुको संख्या बढेको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
आम नगरबासीलाई औषधी सेवनका लागि मेयर डा. धवलशम्शेर राणा र उपमेयर उमा थापा मगरले सबैभन्दा पहिले औषधी सेवन गरि अभियानको शुरुवात गरेका थिए । उपमेयर थापाको नेतृत्वमा विगतमा सवैभन्दा कम औषधी सेवन गर्ने वडामा घरदैलो अभियानसमेत सञ्चालन भएको थियो । जस कारण यसवर्ष औषधी सेवन गर्नेहरुको संख्या बढेको हो ।
नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १८ मा सबैभन्दा बढि ८४ प्रतिशतले औषधी सेवन गरेका छन् । यसैगरी वडा नम्बर २१ मा ८३ प्रतिशत १० मा ७० प्रतिशत, १३ मा ६७ प्रतिशतले औषधी सेवन गरेका छन् ।
