बाँकेका राई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री बन्दै

सदरलाइन संवाददाता २० असार २०७९, सोमबार १३:४४
 

नेपालगञ्ज : जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ ।

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।


जसपाले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसकेको छ । नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुपमा सिफारिस गरिएको जसपाले जनाएको छ ।

राई बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनी तेस्रो पटक मन्त्री बन्दैछन् । पहिलो पटक श्रम मन्त्री बनेका राई दोस्रो पटक सहरी विकास मन्त्री भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उदयपुर स्वास्थ्य चौकी नेपालगञ्जकै उत्कृष्ट

२० असार २०७९, सोमबार १३:४४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१३ स्थित उदयपुर स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा नेपालगञ्जकै उत्कृष्ट घोषित भएको छ । समग्र सुशासन, क्लिनिक तथा अन्य सेवाको व्यवस्थापनमा उदयपुर अब्बल देखिएको छ । उदयपुरले न्यूनतम सेवा मापदण्डमा ८७ प्रतिशत अंक हासिल गरेर उत्कृष्ट बनेको हो । त्यस्तै पुरैनी स्वास्थ्य चौकी ८६ प्रतिशत अंक हासिल […]

सम्बन्धित