जडीवुटीको उत्पादनदेखि प्रशोधन स्वदेशमै : प्रदेश मन्त्री गिरी

१७ चैत्र २०७४, शनिबार १९:३०
 

सदरलाइनडटकम  
१७ चैत, नेपालगन्ज  : प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जडीबुटीको उत्पादनदेखि प्रशोधन स्वदेशमै गर्ने बिषयलाई उच्च प्राथमिकता दिने बताएका छन् ।
शनिबार नेपालगन्जमा नेपाल जडिबुटी व्यवसायी महासंघको १९ औं साधारणसभालाई उद्घाटन गर्दै मन्त्री गिरीले अब जडिबुटी व्यवसाय निर्यातमुखी मात्र बन्न नहुने उल्लेख गरे ।
त्यसका लागि प्रदेश सरकारले स्पष्ट नीति बनाउने पनि उनले जनाएका छन् । जडिबुटी व्यवसायले देश बिकासको मार्गचित्र कोर्ने उनले बताए । साधारणसभामा बोल्दै जडिबुटी व्यवसायी संघका अध्यक्ष एवं प्रदेश सभाषद मोहमद याकुव अन्सारीले प्रदेश सरकारसंग जडीवुटीका बिषयमा स्पष्ट नीति ल्याउने चुनौती रहेको बताए ।
साधारणसभाको उद्घाटन सत्रमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले साधारणसभा उद्घाटन सत्रका प्रमुख अतिथी ५ नम्बर प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी समक्ष अब जडिबुटी व्यवसायलाई प्राथमिकता दिने कार्यक्रम ल्याउन माग गरे । उनले स्वदेशमै धेरै प्रकारका जडीबुटी प्रकृतिकै गर्भमा कुहिने अवस्थामा पुगेको पनि बताए । उनले सो अवसरमा प्रशोधनको कार्यलाई प्रोत्साहन दिन आग्रह गरे ।


 

Next Post

१३ वर्षपछि परिवार खोज्दै सरोज कोहलपुरमा

१७ चैत्र २०७४, शनिबार १९:३०
सदरलाइनडटकम   १७ चैत, नेपालगन्ज  : बाबु आमाकै मनमुटावका कारण आमासँगै भारत छिरेका कोहलपुरका एक युवक अहिले आफ्नो परिवार खोज्दै घर फर्केका छन् । संकटकालको समयमा विसं २०५७ सालमा ४ वर्षको हुँदा आमा अर्को विवाह गरेर हिँडेपछि आमासँगै भारत गएका सरोज श्रेष्ठ नाम बताउने युवक १३ वर्षपछि परिवार खोज्दै नेपालगन्ज आइपुगेका […]