जमुनाहा नाकामा अलपत्र नेपाली भित्रिए

१० चैत्र २०७६, सोमबार १४:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल–भारत जमुनाहा नाकामा अलपत्र परेका करीब पाँच सय नेपालीलाई नेपाल भित्र्याएको छ । सोमवारदेखि आवागमन पूर्णरुपमा बन्द गरिएपनि भारतका विभिन्न शहरबाट आउने नेपालीको संख्या रोकिएको छैन । सोमवार विहानसम्म जमुनाहा नाकामा आईपुगेका पाँचसय बढि नेपालीलाई नेपाल भित्र्याइएको हो ।
यस्तै नेपालतर्फ रोकिएका करीब दुईसय भारतीय पनि भारत गएका छन् । जमुनाहा नाकामा ज्वरो परीक्षण गरि उनीहरुलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको अस्थायी क्वारेन्टाईनमा राखिएको नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले जानकारी दिइन् ।
जमुनाहाबाट नेपालगञ्ज उपमहानगरपालिकाको बसमा राखेर उनीहरुलाई अस्थायी क्वारेन्टाईनसम्म पुर्याइएको हो । अस्थायी क्वारेन्टाईनमा पुनः ज्वरो परीक्षण गरिने छ । शंका लागेकालाई राखेर अन्य जिल्लाका यात्रुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरि सुरक्षितरुपमा पुर्याउने बाँके प्रशासनको तयारी छ । नेपाली नागरिकसँगै नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई भने सुरक्षाकर्मीले सीमाबाटै फिर्ता पठाएका छन् ।
नेपालीहरुको उद्धार गर्न प्रदेशसभा सदस्य आईपी खरेल र कृष्ण केसी, मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासहित, प्रहरी उपरीक्षक वीरवहादुर वली, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी सीमामा पुगेका थिए । यसैबीच प्रमुख जिल्ला अधिकारी खड्काले अबदेखि सीमामा आवागमन पूर्णरुपमा बन्द हुने बताए ।

Next Post

उद्धार गरिएका नेपाली क्वारेन्टाईनबाट फरार

१० चैत्र २०७६, सोमबार १४:१९
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको जमुनाहा नाकाबाट उद्धार गरिएका नेपाली क्वारेन्टाईनबाट फरार भएका छन् । सीमा नाका बन्द भएपछि आइतवर राती सीमावर्ती भारतीय बजार रुपईडिहा आइपुगेका ५ सय बढि नेपाली नागरिकलाई उपमहानगरपालिकाले सोमवार बिहान उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो । उपमहानगरका स्वाथ्यकर्मीको रेकर्डअनुसार ५ सय ५३ जना र पछि थप केही […]