बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने

सदरलाइन संवाददाता ८ माघ २०८०, सोमबार १४:२२
 

नेपालगञ्ज : नेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने भएको छ । अस्फाल्ट पीच सडक निर्माण कार्यको सोमवार एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे ।

निर्माण कम्पनी निरज एण्ड निराजन विल्डर्स नेपालगञ्ज–१८ बाँकेले ९७ लाख लागतमा निर्माण गर्न लागेको अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले गुणस्तरीय कामका लागि स्वयम् टोलबासीले चासो र खबरदारी गर्नुपर्ने बताए । विष्टले सडक पूर्वाधार विकासमा नेपालगञ्ज उपमहानगरपालिका पर्यत्नशील रहेको सन्देश यो सडकले दिने बताए । नगर उपप्रमुख कमरुद्दिन राईले निर्वाचनका बेला स्थानीयसमक्ष गरिएको प्रतिबद्धता पूरा हुने क्रममा रहेको बताए ।


संघीय सशर्त अनुदान र नेपालगञ्ज उपमहानगरपालिकाको लागतमा बन्न लागेको वडा नम्बर ४ बसपार्क र वडा नम्बर १९ सुर्जीजाउँलाई जोड्ने यो सडक असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि चैतभित्रै निर्माण सकिने नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर चन्दन राज दासले बताए । उक्त सडक ८ मिटर चौडा र ८१७ मिटर लामो रहेको दासले जानकारी दिए ।

त्यसक्रममा टोलबासीका तर्फबाट टोल विकास संस्थाले नगर प्रमुख विष्ट, उपप्रमुख राई, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर १९ का वडा अध्यक्ष प्रशुराम कुर्मी, इन्जिनियर दास, निर्माण कम्पनीका प्रतिनिधिलाई खादा लगाइदिएर धन्यबाद ज्ञापन गरेको थियो । सडक पीच बन्ने भएपछि स्थानीय खुशी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धूमधामका साथ भगवान् रामको प्राणप्रतिष्ठा

८ माघ २०८०, सोमबार १४:२२
नेपालगञ्ज : अन्ततः सोमबार भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । पाँच सय वर्षको प्रतीक्षापछि आज भगवान् श्रीराम आफ्नो भव्य र दिव्य मन्दिरमा बास गरेका छन् । यसका लागि अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले दुलही झैँ सिँगारिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री […]

सम्बन्धित