बाँकेको उढरापुरमा थापाको शव भेटियो, हत्याको आशंका

१३ कार्तिक २०७३, शनिबार १२:४६
 

सदरलाइनडटकम. download
१३ कात्तिक, नेपालगन्ज : बाँकेको उढरापुरमा एक जनाको हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको छ । उढरापुर–२ का ३८ बर्षिय प्रेमबहादुर थापाको हत्या गरेर नालामा फालिएको अवस्थामा शवं फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सरोज पौडेलका अनुसार शुक्रबार साझ उनको शवं गिजरा सामुदायिक वनको नजिक नालामा मृत अवस्थामा फेला परेको थियो ।
बिहीबार राती गाउँमा तिहरको भैली खेल्ने बिषयलाई लिएर दुई पक्षबिच विवाद भएको थियो । त्यतीबेलादेखि नै बेपत्ता बनेका थापा मृत अवस्थामा फेला परेका हुन् । थापाको टाउकोमा गहिरो चोट लागेकाले हत्या नै गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटनामा संग्लन रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेकै अवस्थामा हत्याका घटनाहरु बढ्न थालेपछि बाँकेबासी सुरक्षाप्रति चितिन्त बन्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कात्तिकमै लटरम्म स्याउ फलेपछि जुम्ला रोकायाबाडाका किसान चिन्तित (फोटो कथा सहित )

१३ कार्तिक २०७३, शनिबार १२:४६
रुद्र सुवेदी/ सदरलाइनडटकम  ,      जुम्ला, १४ कात्तिक : जुम्ला, चन्दननाथ नगरपालिका–११ रोकायबडाका स्याउ किसान यतिबेला अलमलमा परेका छन् कारण प्राय चैत्रमा फुलेर फल्न सुरु गर्ने स्याउ कात्तिक मै फुलेर लटरम्म फल्न थालेपछि उनीहरु अलमलमा मात्र होईन दङ्ग परेका छन् । जलबायु परिवर्तनको कारण एक सिजन मात्र फल दिने […]