सवारी दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे मुख्यमन्त्री चौधरी

सदरलाइन संवाददाता २४ भाद्र २०८०, आईतवार १४:५३
 

नेपालगञ्ज : बाँकेको शम्शेरगञ्ज नजिक पुर्ब पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी अस्पताल पुगेका छन् ।

दाङका विभिन्न धार्मीक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण सकेर बर्दिया जाँदै गरेको सवारी साधन बाँकेको शम्शेरगञ्जमा दुर्घटना हुँदा सात जनाको मुत्यु र २३ जना घाइते भएका थिए ।

मुख्यमन्त्री चौधरीले कोहलपुर मेडिकल कलेजमा उपचाररत १३ घाइतेहरुलाई प्रत्यक्षरुपमा भेटेर स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य अबस्थाको वारेमा जानकारी लिएका छन् ।

उपचाररत घाइते विरामीहरुलाई उपचारमा कमि कमजोरी आउन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिए ।

उपचाररत घाइतेहरुको स्वास्थ्य लाभको कामनासमेत गरे । उनले घाइतेहरुको उपचार र मृतकहरुको राहतका लागि प्रदेश सरकारले पहल गर्ने बताए ।

अस्पतालका प्रमुख सुनिल सिंहले उपचारमा कुनै पनि समस्या नआउने र उपचारलाई प्रभावकारी बनाइएको जानकारी दिए ।


अस्पतालमा उपचार सम्भव नभएकालाई रिफर गरिएको र सम्भव भएकाहरुको उपचार कोहलपुरमै सफल रुपमा भइरहेको प्रमुख सिहले जानकारी दिए ।

घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कमि हुन नदिन र उपचारलाई छिटो छरितो तथा प्रभावकारी बनाइने बताए ।

नेपाली काँग्रेस संसदीय दलका नेता जन्मजय तिमिल्सिनाले दुर्घटनाबाट प्रदेश नै मर्माहत भएको भन्दै सरकार गम्भीर हुनुपर्ने बताए ।

मुख्यमन्त्री चौधरीले दुर्घटनामा परि मुत्युवरण गर्नेहरु प्रति श्रद्धाञ्जली व्यक्त गरे भने परिवारजनमा समवेदना प्रकट गरे ।

दुर्घटनाले बर्दियाको ठाकुरद्धारा नगरपालिकाका सामाजिक व्यक्तिहरुको निधन भएको र त्यसले समाजमा ठूलो क्षति पुगेको चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुलाक कार्यालय बाँकेका प्रमुख पाण्डेलाई निजामती सेवा पुरस्कार

२४ भाद्र २०८०, आईतवार १४:५३
नेपालगञ्ज : जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डे निजामती सेवा पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । निजामत िसेवा दिवस २०८० का अवसरमा निजामती सेवा दिवस मुल समारोह समितिद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नगद पचास हजार पुरस्कार र ताम्रपत्र प्रदान गरेका हुन् । हरेक कार्य क्षेत्रमा […]