खजुरा मोहत्सवमा बद्रीले रुवाउदै नचाए

१९ माघ २०७३, बुधबार १३:४९
 

सदरलाइनडटकम      
१९ माघ, नेपालगन्ज : खजुरा महोत्सवमा लोक तथा दोहोरी गायक बद्री पगेनी स्टेज चढ्दै उनले यत्रतत्र रुपमा छरीएका दर्शकलाई रुवाउदै नचाउन सफल भएका छन् ।‘एउटा छोरो काहाँ छ कहाँ अर्को छोरा साउदिमा भर्तीभाको छ’… गीत गाएर ध्यान आफैतिर केन्द्रित गरे ।
बद्रीले गीत गाउदै गर्दा थुप्रै महिलाहरुले आफ्नो छोरा सम्झेर आँसु नै निकालेर रोए । आखाँभरी आँसु बनाएका आमा दिदिबहिनीलाई रातो पछौरी अनि तातो पछौरी…बोलको गीत गाएर मस्ख पारे ।
लोक गायक पगेनिले खान्न मत पिडालु कुक्कायो, पञ्चेबाजा, ससुरालिमा गाउदै नचाए । ए आमा एस पालि नि आउन पाइन विरहका गीत गाउदै नाचेका आमाहरुलाई पुनः रुवाए । साझको ६ बजेसम्म दर्शकको कमि नभएपनि चिसोको सिरोठोले नहान्दासम्म गाइरहे । उनले आफ्ना एक दर्जन गीत गाएर दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरे । अन्यमा बद्रीले स्थानीय कलाकार निरुता पाल्पालीसगँ दोहोरीमा जमेका थिए । गायिका रेश्मा पुनले पनि उपस्थित दर्शकलाई आफ्ना गीतहरुबाट थप रौनकता प्रदान गरीन ।
तिस हजार दर्शकले भरीभराउ महोत्सव स्थलमा हिडडुल गर्न नै हम्मेहम्मे भएको थियो बुधबार श्री पन्चमीको दिन वर्षेनी खजुरामा मेला लाग्ने भएकाले पनि भिड अत्याधिक थियो त्यसैपनि मेलामा सुरक्षा व्यवस्था मिलाउन गाह्रो भैरहेको थियो ।


हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको कृर्षि पर्यटन प्रर्बद्धन साँस्कृतिक एंव ऐतिहासिक धार्मिक मुसवेटवा बाबा मेला तथा प्रथम ब्यापारिक खजुरा महोत्सवमा मौतका कुवा, पिङ्ग, बोटिङग, थारु परीकार लगायत कृषि प्रर्दशनि व्यापार मेलाको समेत अवलोकन गर्ने व्यवस्था मिलाइएको आयोजक आधुनिक युवा सन्जालका अध्यक्ष तिलकविर सुनारले बताए । बुधबार नै हिन्दु र मुस्लिम धर्मालम्भीहरुले मुसबेटवा बाबाको मजारमा च्यादर चढाएर बर मागेका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२ सय ५० नयाँ कुष्ठरोगी बाँके र बर्दियामा थपिए

१९ माघ २०७३, बुधबार १३:४९
सदरलाइनडटकम   २० माघ, नेपालगन्ज : कुष्ठरोग खोजी अभियानले बाँके र बर्दियामा सबैभन्दा बढी कुष्ठरोगी भेटाएको दावी गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले दिएकोे जनाकारी अनुसार कुष्ठरोगी खोजी अभियानको करिव एक हप्ता भित्र बाँकेमा १ सय ३३ जना नयाँ कुष्ठरोगी भेटाएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियामा चलाईएको […]

सम्बन्धित