सदरलाइनडटकम,
काठमाण्डौ : भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । क्यानडाबाट आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
ती महिला लखनऊमा रहेका आफन्तलाई भेट्न आएकी थिइन् । तर ती महिलाका पतिको रिपोर्ट नेगेटिभ आएको छ । महिलालाई केजीएमयूको आईसोलेशन वार्डमा राखिएको छ । यसका साथै भारतमा कोरोना भाइरस पीडितको संख्या ६१ पुगेको छ । (एजेन्सी)
