महोत्सवमा ‘धरहरा’ दर्शक तान्यो

१ पुष २०७४, शनिबार १८:५१
 

सदरलाइनडटकम 
१ पुस, नेपालगन्ज : भुकम्पले भत्काएको काठमाण्डौंको ऐतिहासिक सम्पदा ‘धरहरा’ को झझल्को दिने ‘नमुना धरहरा’ले नेपालगन्जको शैक्षिक महोत्सव आउने दर्शकहरुलाई तानेको छ । महोत्सवमा आउने दर्शकहरु सो धरहरा हेर्न झुम्मिएका हुन्छन् भने तस्बिर र ‘सेल्फी’ खिचिरहेका हुन्छन् ।
‘काठमाण्डौंको धरहरा कहिल्यै प्रत्यक्ष देख्न पाएको थिईन’—महोत्सव हेर्न कोहलपुरबाट आएकी दिपिका श्रेष्ठले भनिन्,—‘यहा“ हेर्न पाउ“दा खुसी लागेको छ ।’ श्रेष्ठले आर्कषक तरिकाले धरहरा बनाइएको छ ।
शैक्षिक महोत्सव आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बा“केका संस्थापक अध्यक्ष तथा महोत्सव प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछानेले ऐतिहासिक सम्पदा धरहरा ‘ढले’ पनि त्यसको प्रचार प्रसार गर्न धरहरा बनाइएको बताए ।
‘कहिल्यै धरहरा नदेखेकाले उत्सुक भएर हेरिरहका छन् भने देखि सकेकाले सम्झिरहेका छन्’—लामिछानेले भने । बास र बान्द्रो, इट मिलाएर बनाएको सो धरहरा २४ फिटको रहेको छ ।
यसैबीच शैक्षिक महोत्सवमा लायन्स क्लबले रक्तदानको आयोजना गरेको छ । लायन्स कलव ३२५ बिका पुर्व डिष्ट्रिक गर्भनर ला सेम शाक्यले रक्तदानको उद्घाटन गरेका थिए ।


Next Post

प्रेस स्वतन्त्रता सेनानी बैष्यलाई थप उपचारको लागि भरतपुर लगियो

१ पुष २०७४, शनिबार १८:५१
सदरलाइनडटकम     २ पुस, नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी तथा शंखनाद साप्ताहिकका प्रकाशक सम्पादक रामगोपाल बैष्यलाई थप उपचारको लागि आईतबार भरतपुर क्यान्सर अस्पताल चितवन लगिएको छ । केही समय यता प्रोस्टेस्ट ग्रन्थीको क्यान्सरबाट पीडित अग्रज पत्रकार बैष्यलाई उनका छोरा तथा आजको सामना साप्ताहिकका प्रकाशक सम्पादक अजयकुमार गुप्ताले थप उपचारको लागि […]