सदरलाइनडटकम,
नेपालगञ्ज : ठूलो लगानीमा नेपालगञ्जमा शाकाहारी खाजा घर सञ्चालनमा ल्याइएको छ । सेतु विक चोकमा ‘यम्मी बाईट्स बेकरी शप एण्ड भेज रेष्टुरेन्ट’ सञ्चालनमा ल्याइएको हो ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओली र प्रमोद गुप्ताले करीब एक करोडको लगानीमा उक्त खाजा घर सञ्चालन गरेका हुन् । खाजाघरको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बिहीवार औपचारिक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
संघका महासचिवसमेत रहेका ओलीले रेष्टुरेन्टमा बेकरी र भेज आईटममा सम्पूर्ण परिकार पाइने बताए । रेष्टुरेन्टमा १३ जनाले रोजगारसमेत पाएका छन् ।https://youtu.be/IrPZAntdMAk
