खजुरारोडको चप्पल फ्याक्ट्रीमा भिषण आगलागी

२८ फाल्गुन २०७६, बुधबार ०८:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालगञ्ज खजुरा सडकखण्डको जानकी गाउपालिका–३ इन्द्रपुरगेट नजिकै रहेको जयसियाराम मेनिफेक्चरिङ ईण्डट्रिज प्रालिले सञ्चालन गरेको चप्पल कारखानामा आज बिहान भिषण आगलागि भएको छ ।
सो आगलागीमा परेर सोही उद्योगमा कार्यरत २५ वर्षिय दिलिप चमार घाइते भएका छन । घाइते चमारको टाउको र कम्मरमुनी जलेको छ । उनको भेरी अस्पतालमा उपचार भईरहेको छ ।
बिहान १ बजे अचानक भएको सो आगलागि साढे ७ बजेसम्म थप क्षतिहुनबाट जागाईएको भएपनि पूर्ण रुपले नियन्त्रणमा आउन सकेको छैन । सो घटनामा भएको क्षतिको विबरण आउन सकेको छैन ।
घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओली आफै तत्काल घटनास्थलमा पुगेर समन्वयात्मक भुमिका खेल्दै घटनास्थलमा नेपालगन्ज उपमहानगरका दुई, कोहलपुर, गुलरिया नगरपालिका, मधुबन नगरपालिकाबाट १÷१ र नेपालगन्ज बिमानस्थलबाट १ गरि ६ वटा दमकल झिकाई नियन्त्रणको प्रयास सुरु गरेका थिए ।
आगलागि नियन्त्रणको लागि घटनास्थलमा नेपाल प्रहरी, राँझामा भैरवनाथ गणबाट नेपाली सेनाको टोली, औद्योगिक सुरक्षामा खटेको सशस्त्र प्रहरीको टोलि आगो नियन्त्रणको लागि अथक प्रयास जारि रखे पनि आगो पूर्णरुपले नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणमा लिनको लागि दमकलकर्मी र उद्धारकर्ता घटनास्थलमा पुग्न कठिन भएपछि खजुरा गाउपालिका र नेपालगन्ज उपमहानगरपालिकाबाट जेसिभि प्रयोग गरी कारखानाको संरचना फोडेर आगो नियन्त्रणमा लिने प्रयास भई रहेको छ ।
घटनास्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बाँकेका प्रहरी प्रमुख बीरबहादुर ओलीलगायतको टोलिको उपस्थितिमा आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । थप विबरण आउन बाँकी ।

Next Post

निवर्तमान सञ्चारमन्त्री बास्कोटाको घर नजिकै विष्फोट

२८ फाल्गुन २०७६, बुधबार ०८:२०
सदरलाइनडटकम, काठमाडौं : निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घर नजिकै बम विष्फोट भएको छ । भक्तपुरको बालकोटस्थित बास्कोटाको घर नजिकै खुला स्थानमा बुधबार बिहान विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बुधबार बिहान ७ : ४५ बजे बम विष्फोट भएका थियो । बास्कोटाको घरलाई नै लक्षित गरी बम […]

सम्बन्धित