स्व.मोहनविक्रम स्मृतिकप फूटबल प्रतियोगिता सुरु

८ कार्तिक २०७५, बिहीबार १९:०८
 

सदरलाइनडटकम
सिन्धुली  : सिन्धुलीको भीमानस्थित जनजागृति माविको खेलमैदानमा आयोजित क्षेत्रीयस्तरको ‘स्व.मोहनविक्रम स्मृति कप फूटबल प्रतियोगिता’ को पहिलो खेलमा भीमान युवा क्लव ‘ए’ ले ३–२ गोलमा विजय हासिल गरेको छ ।
खेल बराबर भएपछि थपिएको समयमा गोलगरी भिमान युवा क्लव ए ले जीत हासिल गरेको हो । कमलामाई नगरपालिका वडा नम्बर १४ तल्लो रानीवासको जनसंगम युवा क्लव चन्दनपुरले पनि राम्रो खेल प्रदर्शन गरेको थियो ।
भीमान युवा क्लव ‘ए’ का विकास बस्नेत (जर्सी नम्बर १७), निरोज दनुवार (जर्सी नम्बर २) र विशाल शंकर (जर्सी नम्बर ७)ले एक एक गोल हानेका थिए । त्यस्तै, जनसंगम युवा क्लवका अक्षय दनुवार (जर्सी नम्बर २) र राजेश दनुवार (जर्सी नम्बर ६)ले एक एक गोल गरेका थिए ।
समाजसेवी स्व.मोहन विक्रम थापाको स्मृतिमा आयोजित सो प्रतियोगिताको उद्घाटन सिन्धुली ट्रष्टका अध्यक्ष उज्ज्वल विक्रम थापाले गरेका थिए । उनी समाजसेवी स्व.मोहन विक्रम थापाका सुपुत्र समेत हुन । सो प्रतियोगितामा रामेछाप, धनुषा, महोत्तरी र सिन्धुलीका १४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको अन्तिम खेल १७ गते हुने जनाइएको छ ।
सिन्धुली ट्रष्ट र भीमान युवा क्लवद्वारा संयुक्त रुपमा आयोजित सो प्रतियोगितामा विजेताले एक लाख ५० हजार रुपियाँ र दोस्रोले ५० हजार रुपियाँसहित मेडल प्राप्त गर्नेछ ।
भीमान युवा क्लबका सचिव दिनेश न्यौपानेले आगामी दिनमा प्रतियोगितालाई क्षेत्रीयस्तरकै रुपमा विकास गरिने जानकारी दिए ।
कार्यक्रम उद्घाटनमा प्रगतिशील प्रतिभा केन्द्रका कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने खेल हेर्न टाढाटाढादेखि दर्शकको ओइरो लागेको थियो ।


 

Next Post

जिल्ला प्रशाशन बाँकेद्वारा सामाजिक सद्भाव कायम गराउने विभिन्न व्यक्तिहरुलाई सम्मान

८ कार्तिक २०७५, बिहीबार १९:०८
सदरलाइनडटकम, नेपालगञ्ज :  विभिन्न समुदायको पर्वमा सामाजिक सद्भाव कायम गर्न अहम भूमिका निर्वाह गर्नेहरुलाई जिल्ला प्रशाशन कार्यालय बाँकेले एक कार्यक्रमका बीचमा सम्मान गरेको छ । ५ नं. प्रदेश सभा सदस्य मो. याकुव अन्सारीको प्रमुख आतिथ्य तथा विभिन्न धर्मगुरुहरुको विषेश उपस्थितिमा जिल्ला प्रशाशन कार्यालय बाँकेले पर्वलाई शान्तिपूर्ण सम्पन्न गराउन सक्रिय रहेका […]

सम्बन्धित