सदरलाइनडटकम,
नेपालगञ्ज : विदेश पठाउने बहानामा साढे चार करोड ठगी गर्ने एक जना नेपालगञ्जमा पक्राउ परेका छन् । कुवेत र माल्टा पठाइदिन्छु भनेर साढे ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले अर्घाखाँचीका बाबुराम श्रेष्ठलाई पक्राउ गरेको हो ।
३६ जनालाई कुवेत र २४ जनालाई माल्टा पठाइदिन्छु भनेर उनले ४ करोड ६० लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । शुक्रवार नेपालगञ्जमा पक्राउ परेका उनलाई काठमाडौं लगेर ठगी मुद्दामा अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
श्रेष्ठले नक्कली भिसा र नक्कली टिकट बनाएर कुवेत र माल्टा पठाइदिने भन्दै नेपालीलाई दिल्लीमा लगेर अलपत्र पारेको प्रहरीले जनाएको छ ।


