सदरलाइनडटकम,
नेपालगञ्ज : भारतीय क्वारेन्टाइनबाट फरार भएका दुई जना नेपालीको बाँके प्रहरीले नाकामा कडा निगरानी गरिरहेको छ । दाङका विष्णु चौधरी र भरत चौधरी नाकाबाट भित्रिनसक्ने भन्दै प्रहरीले निगरानी थालेको हो ।
चौधरीद्वय भारतको केरला क्वारेन्टाइनबाट भागेको प्रहरीलाई सूचना आएको छ । केरलाबाट उनीहरु कुन नाकाबाट नेपाल प्रवेश गरे खुल्न सकेको छैन । प्रहरीले कृष्णनगर र रुपईडिहा नाकामा निगरानी गरेको छ ।
कोरोना आशंकित भएकाले उनीहरुलाई केरला क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु त्यहाँबाट भागेर हिडेको नेपालमा सूचना आएको छ । प्रहरीले नाकामा फेला परेमा क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । बाँकेका प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले उनीहरु यो नाकाबाट नआएको बताए ।


