२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

कोरोना आशंकामा कैलालीमा तीनजना अस्पताल भर्ना



सदरलाइनडटकम,
कैलाली : कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
भारतबाट आएका उनीहरूलाई सीमामा जाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले बताए । तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको उनले जानकारी दिए । उनीहरुको रिपोर्ट सोमवार आउने डा. जोशीले बताए ।

प्रकाशित मिति : २०७६ चैत ८ गते शनिबार
ताजा समाचार