सदरलाइनडटकम,
काठमाण्डौ : एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा मलेसियाविरुद्ध सिंगापुरले शानदार जीत निकालेको छ । थाइल्याण्डमा भएको खेलमा सिंगापुरले मलेसियालाई १२८ रनले पराजित हराएको हो ।
सिंगापुरले दिएको २४० रनको लक्ष्य पछ्याएको मलेसिया १११ रनमै अलआउट भयो । यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २ सय ३९ रन बनाएको थियो ।
यो सँगै सिंगापुरले चार अंक जोडेको छ भने मलेसियाले यसअगाडि नै चार अंक जोडिसकेको छ । मलेसिया पराजित हुँदा नेपालको एसियाकप छनोट खेल्ने सम्भावना भने कमजोर बनेको छ ।


