२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

‘फोरजीको स्पीडमा गणेशको ग्याङ्ग’ बजारमा



सदरलाइनडटकम,
काठमाण्डौ :  नेपाली युवाको रोजाईमा परेको नयाँ गीत ‘फोरजीको स्पीडमा गणेशको ग्याङ्ग’ बजारमा आएको छ ।

गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित युवा गायक मोडल गणेश साउद जिसिको आवाज तथा अहिलेका चर्चित युवा र्यापर कार्कीको र्याप समेटिएको नयाँ गीत ‘फोरजीको स्पीडमा गणेशको ग्याङ्ग’ गत माघ १६ गते सार्वजनिक भएको हो ।

गायक मोडल जिसिको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको सो गीत उनकै शब्द रचना तथा संगीत रहेको गीतमा सुमन केसिको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा युवा पुस्ताका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन तथा कोरियोग्रीफ रहेको भिडियोमा मिलन बिस्वकर्माको सम्पादन नरेश ऐरको छायांकन रहेको छ ।

म्युजिक भिडियोमा करिश्मा ढकाल, गणेश साउद जिसि र्यापर कार्कीको अभिनय रहेको छ ।

प्रकाशित मिति : २०७६ माघ २० गते सोमबार
ताजा समाचार