सदरलाइनडटकम,
बर्दिया : हात्तिको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ८८ नम्बरको पिलरको सीमा जङ्गलमा खर काटी फर्केने क्रममा जङ्गली हात्तीको आक्रमणले राजापुर नगरपालिका १० भगतपुर बस्ने ४९ वर्षीया लक्ष्मीप्रसाद थारुको मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट सोही ठाउँ निवासी २९ वर्षीया उमा चौधरी घाइते भएकी छन् । उनकोे नेपालगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।


