सदरलाइनडटकम,
बुटवल : बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घरको गणना शुरुवात गरेको छ । विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक भएका घरमा नम्बर टाँस्न थालिएको छ ।
बुटवल उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसका अवसरमा प्रमुख शिवराज सुवेदीले ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरको नम्बर प्लेट टाँसेर शुभारम्भ गरे । बुटवल वडा नं. ८ राजमार्ग चौरहास्थित प्रहरी सपिङ कम्प्लेक्समा ‘ए ००२’ २०५६ नम्बरको निलो टिनको नम्बर कार्ड टाँस्दै नम्बरिङको शुभारम्भ गरिएको छ ।
नगरको वस्तुगत विवरणसंगै प्रत्येक घरको डिजिटल प्रविधिबाट नम्बरिङले योजना तर्जमा, कार्यान्वयन र थप अध्ययनका लागि उपयोगी हुने नगर प्रमुख सुबेदीले बताए ।


