२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

प्रेम प्रस्ताव धेरै आए तर, स्वीकरेकी छैन



बाँकेको नेपालगञ्जमा सञ्चालन भईरहेको ‘मिस मिडवेष्ट’को सातौ संस्करणकी प्रतियोगी स्वाती मिश्र ‘निधि’ले पनि मोफसलमा बसेरै सफल मोडल बन्ने सपना देखिरहेकी छन् । ‘निधि’ उपनामले परिचित १७ बर्षिया स्वातीले मोडलिङमा आफ्नो भविष्य खोज्नका लागि ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित सौन्दर्य प्रस्तुती कार्यक्रममा सहभागी भएकी छन् । ११ कक्षामा अध्यनरत स्वाती प्रतियोगी नं. ११ बाट परिचित छन र उनी नेपालगञ्जकी स्थायी बासिन्दा हुन । उनीसंग गरिएको अंन्तरङ्ग कुराकानीको सम्पादित अंश ।

मोडलिङ क्षेत्रमा किन आउनुभयो ?

मलाई सानैदेखि फेसनको शोख थियो । त्यसैले म यस क्षेत्रमा आएकी हुँ ।

मोडलिङ बाहेक रुचि केके छन् ?

मलाई चित्र कोर्न एकदमै मन पर्छ । म खालि समयमा चित्र कोर्ने गर्छु ।

प्रेमको कुनै अनुभव छ ?

परिवारसंगको प्रेम मेले अनुभव गरेकी विषेश गरि आमाको प्रेम मेरा लागि सधै विषेश हुने गर्छ ।

जीबन साथी कस्तो चाहानुहुन्छ ?

सरल स्वभावको होस । विषेश गरि मेरी आमालाई माया गरोस ।

प्रेम प्रस्ताव राख्ने कति छन् ?

प्रेम प्रस्ताव राख्नेहरु हुनुहुन्छ । तर मैले स्विकारेकी छैन् ।

सपना के छ ?

सफल मोडल बन्ने सपना छ ।

प्रस्तुती : लक्ष्मी तिमिलसेना

फोटो : पवन श्रोतिया / ब्लु ओरिजन

प्रकाशित मिति : २०७६ माघ २३ गते बिहीबार
ताजा समाचार