२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

औषधिका बारेमा भएको भ्रमका कारण अभियान बाँकेमा प्रभावित बन्दै



सदरलाइनडटकम,
नेपालगञ्ज :  जनचेतनाको कमीको कारण हात्तिपाईले बिरुद्धको औषधि खुवाउने राष्ट्रिय अभियान बाँकेमा प्रभावित बन्दै आएको छ । शहर केन्द्रीत बसोबास गर्नेहरु नै औषधिका बारेमा विभिन्न भ्रम पालेर बसेका कारण औषधि खुवाउने अभियान प्रभावित बन्दै आएको हो ।
बाँके लगायत नेपालका ६३ ओटा जिल्लाहरु अझै पनि हात्तीपाईले रोगको जोखिममा रहेका छन् । अति जोखिम १३ ओटा जिल्लामा हात्तीपाईले रोगबिरुद्धको औषधि खुवाउने कार्यक्रम बाँकेमा पनि हुने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा पत्रकार अन्तरक्रियाको आयोजना गरी हात्तीपाईले (फाईलेरिया) रोग नियन्त्रणका लागि माघ २५ गतेका दिन १३ ओटा जिल्लाहरु दाङ, बर्दिया, कपिलवस्तु, झापा, मोरङ, धनकुटा, बारा, लमजुङ, पर्वत, वाग्लुङ, कैलाली, कन्चनपुर र बाँकेसगै हात्तिपाईले बिरुद्धको औषधि खुवाईने जानकारी दिएको हो ।
बाँकेको कुल जनसंख्या छ लाख १ हजार ८६७ जना सम्पुर्णलाई औषधी सेवन गराउने लक्ष लिएको भए पनि छारे रोगका विरामी, दम, मुटु जस्ता दिर्घरोगी, गर्भवती, एकहप्तासम्मका सुत्केरी आमाहरु, छारेरोगका विरामी, दुईवर्ष नपुगेका बालबालिकाले औषधि सेवन गर्न नहुने जिल्ला स्वास्थ्य बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहले बाँकेको रझेना तथा नेपालगन्ज उपमहानगरमा हात्तीपाईले रोगका जीवाणु अधिक रहेको र जनचेतनाको कमीको कारण सो क्षेत्रमा औषधि सेवन गराउन पनि निकै चुनौती रहेको बताउदै सबैको सहयोग आवश्यक रहेको औल्याए । थारु, मधेशी र मुस्लिम समुदायमा यो औषधि बारे नकारात्मक धारणा भएको कारणले पनि औषधि खान नमानेको उनको भनाई छ ।
नेपालमा राष्ट्रिय हात्तीपाईले रोग निवारणका लागि सन् २०२० सम्म यस रोगलाई स्वास्थ्य समस्याको रुपमा रहन नदिने लक्ष्यले अगाडी बढी रहेको राष्ट्रिय हात्तीपाईले फाईलेरिया रोग निवारण कार्यक्रमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ माघ १५ गते बुधबार
ताजा समाचार