महेन्द्र बहुमुखीमा अन्तर सकांय भलिबल प्रतियोगिता

१४ माघ २०७६, मंगलवार २२:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा मंगलबार (आजदेखि) अन्तर सकांय भलिबल प्रतियोगिता एमएमसी कप सुरु भएको छ ।

आगामी माघ १६ सरस्वती पूजाका दिन समापन हुने सो प्रतियोगितामा सबै सकांयबाट छात्रतर्फ १२ र छात्रा ५ गरि जम्मा १७ टिमको सहभागिता रहेको खेल सयोजक अनेरास्ववियुका सचिब प्रकाश बिकले जानकारी दिए ।


क्याम्पसले आयोजना गरेको सो प्रतियोगिता सञ्चालनका लागि अखिल क्रान्तिकारीका उपाध्यक्ष ध्रुब जोशी र नेबिसंघ मब ईकाई सभापति चन्द्रप्रकाश देवकोटासहित ७ सदस्यीय समिति निर्माण गरिएको खेल व्यवस्थापक महेश एरीले बताए ।

क्याम्पस प्रमुख गणेश रेग्मीले बल सर्भिस गरेर खेलको उद्दघाटन गरेका थिए ।

Next Post

कम्दीका शिक्षक यादव बिरुद्ध अख्तियारको आरोप पत्र दायर

१४ माघ २०७६, मंगलवार २२:५७
सदरलाइनडटकम, नेपालगञ्ज  : अख्तियार दुरुपयोग अनुसंधान आयोगले शहिद स्मारक माध्यमिक विद्यालय, कम्दी ७ पदमपुर, बाँकेका तत्कालीन शिक्षक उदयराज यादव उपर आरोपपत्र दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा शहिद स्मारक माध्यमिक विद्यालय, कम्दी ७ पदमपुर, बाँकेमा प्राथमिक तहमा स्थायी रुपमा कार्यरत प्रावि द्वितीय श्रेणीका शिक्षक यादवको […]

सम्बन्धित