कोहलपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

सदरलाइन संवाददाता २४ कार्तिक २०८०, शुक्रबार १२:२७
 

नेपालगञ्ज : कोहलपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

ट्रकको ठक्करबाट कोहलपुर नगरपालिका वडा नम्बर १० चटारका ३५ वर्षीय तिर्थराम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ८८९८ नम्बरको ट्रकले बिहीवार राती साइकलमा सवार थारुलाई ठक्कर दिएको थियो । ठक्करपछि थारुलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


उक्त दुर्घटनामा ट्रकका सहचालक गम्भीर घाइते भएका छन् । उनको कौशल्या मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक भने फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती सोनारीले गर्यो ९ बुँदे साझा प्रतिबद्धता

२४ कार्तिक २०८०, शुक्रबार १२:२७
राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाँउपालिकाले ९ बुँदे साझा प्रतिबद्धता घोषणा गरेको छ । राप्ती सोनारी गाँउपालिका वडा नम्बर ६ को सिद्धेश्वर माध्यामिक बिद्यालय फत्तेपुरमा राप्ती सोनारी गाँउपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा सम्पन्न भएको सार्बजनिक सुनुवाई कार्यक्रममा उक्त प्रतिबद्धता घोषणा गरिएको हो । दुई सय जनाको उपस्थितिमा सञ्चालन गरिएको सार्बजनिक […]