न्याय माग्दै नेपालगञ्जबाट गएको टोली नवलपरासी पुग्यो

सदरलाइन संवाददाता १३ आश्विन २०७८, बुधबार १२:३३
 

नेपालगञ्ज : न्याय माग्दै नेपालगन्जबाट काठमाडौंका लागि पैदल हिँडेको बाँकेको टोली बुधबार नवलपरासीको बर्दघाट पुगेको छ । उक्त टोली यही असोज १ गते नेपालगञ्जबाट पैदल हिँडेको थियो ।

बुटवलमा पुगेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडी धर्ना दिएको टोली त्यहाँबाट पनि काठमाण्डौका लागि हिँडेको अधिकारकर्मी रुबी खानले बताईन् ।


‘हाम्रो आन्दोलन जारी छ, हिजो राती हामी नवलपरासीको बर्दघाट बजारमा बाटोको साईडमा सुतेका छौं, महिला हत्या गर्ने होसियार, मौन बस्ने सरकार खबरदार, भन्ने नाराका साथ नेपालगञ्जदेखि काठमाण्डौसम्म पैदल यात्रा जारी छ,’ उनले भनिन् ।

गत साउन ६ गते जानकी गाउँपालिका वडा नम्बर २ नेवाजी गाउँकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु भएको घटना र गतवर्षदेखि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुर निवासी निर्मला कुर्मीको अवस्था अज्ञात भएको घटनाको प्रहरीले खोजबिन नै नगरेको भन्दै उनीहरु आन्दोलनमा छन् ।
घटनाको छानविन गर्नुपर्ने माग गर्दै मृतकका आफन्तसहित राष्ट्रिय महिला अधिकार मञ्च बाँकेकी इन्चार्ज समेत रहेकी अधिकारकर्मी खान लगायतले यसअघि जिल्ला प्रशासन कार्यालय बाँके अगाडी पनि धर्ना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीद्वारा नेपालगञ्जबाट अवैध सामान बरामद

१३ आश्विन २०७८, बुधबार १२:३३
नेपालगञ्ज : सशस्त्र प्रहरीले भन्सार छलेर ल्याउँदै गरिएका अवैध सामानसहित मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको गस्ती टोलीले नेपालगञ्ज १४ बाबुगाउँबाट लाखौं रुपैयाँ बढीको भन्सार छली गरेर ल्याउँदै गरिएका लत्ताकपडा, सुर्तीजन्य सामग्री लगायतका अन्य किराना सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ […]