सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन अन्तर्गत अध्यक्ष पदको शुरु भएको मतगणनामा शुरुवाती अग्रता बनाएका साझा प्रजातान्त्रिकका अध्यक्ष उम्मेदवार ललित रौनियारले अहिले पछि परेका छन् ।
अहिले समावेशी प्यानलका अध्यक्ष उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार ९३५ मत गन्दा चुन्ना ९५ मतले अगाडी रहेका छन् । चुन्नाको ५१५ र रौनियारको ४२० मत रहेको बताइएको छ ।
